२०८२ चैत्र २३, सोमबार १२:३३ गते
२०८२ चैत्र २३, सोमबार १२:३३ गते
हेटौंडा / हेटौंडामा युवाहरुमा हुने असमानताबारे सरोकारवालाहरुसँग छलफल भएको छ । गैरसरकारी महासङ्घको आयोजना र अक्सफामको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै गैसस महासङ्घकी महासचिव देवी खड्काले धर्म, जात, वर्ग, लिङ्ग, भूगोलका आधारमा असमानता बढेकोले युवाहरु स्वदेशमा काम गर्न बस्नुभन्दा पनि विदेशलाई रोजगारको गन्तव्य बनाउन थालेको भन्दै चिन्ता व्यक्त गरिन् । यस्तै उपमहासचिव किरण थापाले नागरिक आवाजलाई बुलन्द बनाउन आवश्यक रहेको बताए । नेपालमा केही भएन भन्नुभन्दा धेरै कुरा भएको छ, तर त्यो पर्याप्त मात्रामा नभएकोले नागरिकहरुले संघर्ष गर्नुपर्ने कुरामा जोड दिए । यस्तै काठमाडौं विश्वविद्यालयकी असिस्टेन्ट प्रोफेसर डाक्टर रुपा मुनाकर्मीले विश्वमा धनीहरु बढेको र उनीहरुले पैसालाई कब्जामा राखेका…