Day: २०८२ चैत्र २०, शुक्रबार ११:४२ गते

बागमतीमा श्रम सुधारको नयाँ रोडम्याप

बागमतीमा श्रम सुधारको नयाँ रोडम्याप

हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठन गरिएको प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्न भएको छ। बैठकले प्रदेशको श्रम क्षेत्र सुधारका लागि ठोस नीति तथा कार्यक्रम अघि बढाउने संकेत दिएको छ। श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको अध्यक्षतामा मन्त्रालय परिसरमा आयोजित बैठकमा विभिन्न मन्त्रालयका सचिवहरू, सम्बन्धित निकायका प्रतिनिधि, रोजगारदाता तथा ट्रेड युनियनका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। बैठकमा प्रदेशभित्र रोजगारीका अवसर विस्तार, श्रमिकहरूको सीप विकास, वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उपाय, श्रमिक अधिकार संरक्षण तथा श्रम कानुनको प्रभावकारी कार्यान्वयनका विषयमा गहन छलफल भएको थियो। निजी क्षेत्रसँग सहकार्य बढाउँदै उत्पादनशील क्षेत्रमा…
Read More
खानेपानी तथा स्वच्छतासम्बन्धि तालिम

खानेपानी तथा स्वच्छतासम्बन्धि तालिम

हेटौंडा । हेटौंडामा खानेपानी तथा स्वच्छतासम्बन्धि सामुदायिक कार्ययोजना प्रदर्शनीको पूर्वतयारीमा दुई दिने तालिम भएको छ । हेटौंडा उपमहानगरपालिका कार्यपालिकाको आयोजना र लुमन्ती आवासका लागि सहयोग समूह हात्तीवन ललितपुरको साझेदारीमा तालिम भएको हो । जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा भएको तालिममा हेटौंडा–११, सिमलटारका लक्षित वर्ग २० जनाको सहभागिता थियो । आवास, लघुवित्त, खानेपानी स्वच्छता र सरसफाइ, विपत् व्यवस्थापन क्षेत्रमा नेपालका करिब ३५ भन्दा बढी महानगर, उपमहानगर, नगरमा काम गर्दै आएको संस्थाले हेटौंडा र पोखरामा काम गर्ने योजनासाथ तालिमहरु सञ्चालन गर्दै आएको लुमन्ती परियोजना प्रमुख उद्धब भट्टराईले जानकारी दिए । ‘आवासका लागि पनि हेटौंडामा काम गर्ने लक्ष्य राखेका छौं । सम्भावना भएसम्म…
Read More
भीमफेदीमा नागरिक–प्रहरी संवाद

भीमफेदीमा नागरिक–प्रहरी संवाद

भीमफेदी । सुरक्षा निकाय र स्थानीय समुदायबीच प्रत्यक्ष संवादमार्फत विश्वासको सम्बन्ध मजबुत बनाउने उद्देश्यले भीमफेदी गाउँपालिकामा “नागरिक सुनुवाई कार्यक्रम” उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा चैत्र १७ गते आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सन्त श्रेष्ठको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका डीएसपी, भीमफेदी कारागार प्रमुख, सशस्त्र प्रहरी बल (कारागार सुरक्षा) का प्रतिनिधि, भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष, प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीका प्रमुख डा. प्रविण पाठकलगायत स्थानीय वडाअध्यक्षहरूको उपस्थिति रहेको थियो। राजनीतिक दलका…
Read More
हेटौँडामा अभिभावककै पहलमा अटिजम केन्द्र

हेटौँडामा अभिभावककै पहलमा अटिजम केन्द्र

हेटौँडा । विश्व अटिजम दिवसको सन्दर्भ पारेर हेटौँडा–४ मा सञ्चालित सेन्टर फर अटिजमले अभिभावकहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गर्दै अटिजम भएका बालबालिकाको समग्र विकासमा समुदायको भूमिका थप सुदृढ बनाउने सन्देश दिएको छ। हरिकृष्ण मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अपाङ महासंघ बागमती प्रदेशका सदस्य बद्री विक्रम थापा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा अटिजम भएका बालबालिकाको शिक्षा, हेरचाह र पुनःस्थापनामा अभिभावकको सक्रियता कति महत्वपूर्ण हुन्छ भन्ने विषयमा जोड दिइएको थियो। चार वर्षअघि तीन जना अभिभावकको पहलबाट सुरु भएको यो केन्द्र अहिले अभिभावककै निरन्तर सहयोग र समर्पणमा सञ्चालन भइरहेको छ। हाल ३२ जना बालबालिका अध्ययनरत रहेको केन्द्रले व्यवहारिक सिकाइमार्फत बालबालिकाको बौद्धिक…
Read More
इन्द्रसरोवरमा जडीबुटीको परिचय पुस्तिका विमोचन

इन्द्रसरोवरमा जडीबुटीको परिचय पुस्तिका विमोचन

हेटौंडा । मकवानपुरको इन्द्रसरोवरमा जडीबुटीको परिचय पुस्तिका विमोचन गरिएको छ । इन्द्रसरोवर गाउँपालिकामा जडीबुटीहरु ः पहिचान, उपयोग र संरक्षण नाम पुस्तकको विमोचन गरिएको हो । बिहीबार (आज) गाउँपालिका परिसरमा आयोतित कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको अध्यक्षतामा पुस्तक विमोचन भएको हो । सामाजिक अनुसन्धान तथा विकास केन्द्र (सगुन) संस्था र गाउँपालिकाको लागत सहभागितामा गाउँपालिका भित्र पाइने जडीबुटीहरुको अध्ययन गरेर पुस्तक प्रकाशन गरिएको सगुनका प्रतिनिधि महन्त बावु महर्जनले बताए । उनका अनुसार गाउँपालिकाभर पाइने औषधियुक्त जडीबुटीको विषयमा खोज अनुसन्धान गरिएको छ । सगुनका अनुसन्धानकर्ता डा.कमल फुयाँल, डा. अञ्जु कार्की, महन्त बावु महर्जन र शालिक राम डंगोलले पुस्तक लेखेका हुन् । गाउँपालिकामा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.