२०८२ आश्विन ७, मंगलवार ०९:१२ गते
२०८२ आश्विन ७, मंगलवार ०९:१२ गते
हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाका युवाहरुले रक्तदान कार्यक्रम गरेका छन् । ब्लड अफ युथ हेटौंडा ११का युवाहरुको आयोजना र नेपाल रेडक्रस सोसाइटी मकवानपुरको सहकार्यमा रक्तदान कार्यक्रम कार्यक्रम गरिएको थियो । गत भाद्र २३–२४ गतेको जेन जेड आन्दोलनमा गोलि लागेर शाहीद भएका शहिदहरुको सम्झनामा ब्लड अफ युथले रक्तदान कार्यक्रम गरेका हुन् । कार्यक्रममा जनप्रतिनिधि बिकास नेपाल, सिमल्टार युथ क्लबका अध्यक्ष प्रभाकर पुडासैनी, युवा ब्यवसायी आशिष भट्ट लगायत ३७ जना युवाहरूले रक्तदान गरेको थिए ।