Day: २०८२ असार २७, शुक्रबार २२:५० गते

सातौं शहिद स्मृति महिला गोल्डकपमा ८ लाख बढी मुनाफा

सातौं शहिद स्मृति महिला गोल्डकपमा ८ लाख बढी मुनाफा

हेटौंडा । सातौं शहिद स्मृति मकवानपुर राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताले ८ लाख ३५ हजार रुपैयाँ मुनाफा कमाएको छ। प्रतियोगिता सम्पन्न भएको दुई महिनापछि शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्ला फुटबल संघ मकवानपुरले आय–व्यय विवरण सार्वजनिक गरेको हो। संघका कोषाध्यक्ष अमृत लुङबाले प्रतियोगिताबाट कुल ६४ लाख ९८ हजार रुपैयाँ आम्दानी र ५६ लाख ६२ हजार रुपैयाँ खर्च भएको जानकारी दिनुभयो। प्रतियोगिता हेटौंडा–६ स्थित गौरीटार रंगशालामा २०८२ वैशाख १९ देखि २५ गतेसम्म सञ्चालन भएको थियो। प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका थिए। फाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधि जितेको थियो। हेटौंडा उपमहानगरपालिकाको प्रमुख सहयोगमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.