२०८२ बैशाख २६, शुक्रबार ०८:०५ गते
२०८२ बैशाख २६, शुक्रबार ०८:०५ गते
हेटौंडा । हेटौंडा सिमेन्ट उद्योगलाई निजीकरण गर्ने सरकारी निर्णयको विरोधमा नेकपा (माओवादी केन्द्र) मकवानपुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ। बिहीबार प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठमार्फत् माओवादी केन्द्र मकवानपुरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै सो निर्णय तत्काल फिर्ता लिन माग गरेको हो। पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विजय गौतम र जिल्ला संयोजक भीम पाख्रिनद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा, चालु अवस्थामा रहेको हेटौंडा सिमेन्ट उद्योगलाई निजीकरण गर्न खोज्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरिएको छ। ज्ञापनपत्रमा भनिएको छ, "सरकार उद्योग पुनः सञ्चालन गर्ने दिशामा लाग्नुको साटो, चलिरहेको उद्योगलाई निजीकरण गर्न सक्रिय छ, जुन कुराले राष्ट्रको हितभन्दा पनि दलाल पुँजीपतिहरूको स्वार्थलाई प्राथमिकता दिएको देखिन्छ।" गौतमले निजी…