Day: २०८१ मंसिर १०, सोमबार ११:२६ गते

रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न १५ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत कास्कीले आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । यससँगै लामिछानेलाई पाँचौ पटक म्याद थप गरिएको छ । यसअघि पटक–पटक क्रमशः ६, ७, १० र १५ दिनको म्याद थप गरिएको थियो ।पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते शुक्रबार प्रहरीले काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीले लामिछानेसहित अन्य तीन जनालाई पनि हिराशतमा राख्न आदेश दिएको छ । अदालतले छविलाल जोशी, रामबहादुर खनाल र लीला…
Read More
देश भित्रै रोजगारी सिर्जना गर्न मुख्यमन्त्री लामाको जोड

देश भित्रै रोजगारी सिर्जना गर्न मुख्यमन्त्री लामाको जोड

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले युवा शक्तिको पलायनलाई रोक्न देश भित्रै रोजगारीको सिर्जना गर्नुपर्ने बताएका छन् । आइतबार प्रदेशको राजधानी हेटौंडामा आयोजित १० औं उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामा यस्तो बताएका हुन् । मुख्यमन्त्री लामाले देशमा उद्योग धन्दालाई संरक्षण गरेमा रोजगारी अवसर बढ्ने बताउँदै नयाँ उद्योगहरु सञ्चालन गर्न लगानीकर्ताहरुलाई सुरक्षाको अनुभुति दिनुपर्नेमा जोड दिए । उद्योग र उद्योगीहरुलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन गर्नुपर्ने उनको भनाई छ । यस्तै, सो क्रममा बोल्दै उद्योग, वाणिज्य, भुमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले उद्योग क्षेत्रको विकासको लागि प्रदेश औद्योगिक व्यवसाय ऐन संशोधन गर्नेे तयारीमा प्रदेश…
Read More
विदेशी मुद्रासहित हेटौंडाबाट ३ भारतीय नागरिक पक्राउ

विदेशी मुद्रासहित हेटौंडाबाट ३ भारतीय नागरिक पक्राउ

मकवानपुर । त्रिभुवन राजपथ अन्तर्गत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चौकीटोलबाट प्रहरीले आइतबार अवैध विदेशी मुद्रासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा देश भारत उत्तर प्रदेश जिल्ला जालौन बस्ने ४० वर्षीय बिजय सिंग कुशवाह, उत्तर प्रदेश जिल्ला गोरखपुर बस्ने २६ वर्षीय प्रशान्त पाठक र राजस्थान चितोरगढ बस्ने ३२ वर्षीय राहुल कुमार माण्डावत रहेका छन् । उनीहरुलाई विशेष सूचनाको आधारमा खटिएको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोलीले पक्राउ गरेको हो । प्रहरी उपरीक्षक खड्काका अनुसार, आइतबार साँझ पौने ९ बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०७६५ नम्वरको इभी माइक्रो बसलाई रोकी चेकजाँच…
Read More
मनहरीका २ जना गाँजासहित पक्राउ

मनहरीका २ जना गाँजासहित पक्राउ

मकवानपुर । मकवानपुरको मनहरीबाट लागुऔँषध गाँजासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका वडा नम्बर ८ का २८ वर्षाीय रामकुमार परियार र मनहरी–९ बस्ने ३६ वर्षीय रामकुमार स्याङ्बो रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आईतबार दिउँसो करिब २ः१५ बजेको समयमा विशेष सुचनाका आधारमा मनहरी गाउँपालिका वडा नम्बर ९ भलाद्मी चोकस्थितपुर्व पश्चिम सडक खण्डमा मनहरीबाट हेटौँडातर्फ जाँदै गरेको ना १ ह ५०३३ नम्बरको अटोलाई रोकी जाँच गर्ने क्रममा अटो चालक रामकुमार परियार र सोही अटोमा सवार रामकुमार स्याङ्बोलाई शंका लागी .शरीर तथा अटो खानतलासी गर्दा अटोको सिट पछाडि कालो झोला र जेब्रा झोला भित्र ल्याईएको अवस्थामा…
Read More
ट्रक दुर्घटनामा मकवानपुरगढीका २ जनाको मृत्यु

ट्रक दुर्घटनामा मकवानपुरगढीका २ जनाको मृत्यु

मकवानपुर । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामनास्थित नौकिलोमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार साँझ नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक नौकिलोमा सडक किनारमा पल्टिएर दुर्घटना हुँदा मकवानपुरका दुईसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का ३८ वर्षीय श्याम बजगाईं, सोही स्थानका ३१ वर्षीय दीपक दाहाल र चितवनको कालिका नगरपालिका–३ बस्ने आरम्भ पोखरेल रहेका छन् । प्रहरीका अनुसार, चामल बोकेको सो ट्रक पल्टिँदा मकवानपुरका दश्याम र दीपकको च्यापिएर मृत्यु भएको हो भने आरम्भको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.