Day: २०८१ कार्तिक २०, मंगलवार २२:१७ गते

हेटौँडा १२ फुटबल प्रतियोगिताः फाईनलमा आयोजक ऋषेश्वर टोल विकास संस्था

हेटौँडा १२ फुटबल प्रतियोगिताः फाईनलमा आयोजक ऋषेश्वर टोल विकास संस्था

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ दोस्रो टोल विकास स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाईनलमा ऋषेश्वर टोल विकास संस्था पुग्न सफल भएको छ । मंगलबार भएको सेमिफाईनल खेलमा परिवर्तनशिल टोल विकास संस्थालाई १–० गोल अन्तरले पराजित गर्दै ऋषेश्वर फाईनलमा पुगेको हो । खेलको म्यान अफ दि म्याच ऋषेश्वर टोल विकास संस्थाका साजन पाख्रिन घोषित भएका थिए । बुधबार हुने फाईनल खेलमा ऋषेश्वरले सुनौलो टोल विकास संस्थासँग फाईनल भिडन्त गर्नेछ । खेल दिउँसो १ बजे हुने ऋषेश्वर टोल विकासका खेलाडी विनायक घलानले जानकारी दिए । यसअघि सेमिफाईनलमा भिडेको सुनौलो टोल विकास संस्था र श्रृजनशिल टोल विकास संस्थाबिचको टिम रोकिएपछि टसमार्फत फाईनलमा…
Read More

राक्सिराङ गाउँपालिकाको अनौठो निर्णय, कार्यक्रम गर्न अनुमति लिनुपर्ने

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहसँग समन्वय गर्न आग्रह गरिएको छ ।गाउँपालिकाले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँगको समन्वयबिना कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको हो । विभिन्न अनधिकृत व्यक्ति, संस्थामार्फत् राक्सिराङ गाउँपालिकाभित्रका विभिन्न स्थान, विपन्न जातजाति, भाषाभाषी, धार्मिक समुदायका नाममा काम गरेको पाइएकोले पालिकाले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्रै यस्तो कार्य गर्न भनिएको हो । स्वास्थ्य शिविर सञ्चालन गर्ने, विभिन्न सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन हुने गरेको भन्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जारी गरेको सूचनामा समन्वय गरेर मात्रै यस्ता गतिविधि गर्न निर्देशन दिएको हो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.