२०८१ आश्विन २५, शुक्रबार १८:५१ गते
२०८१ आश्विन २५, शुक्रबार १८:५१ गते
मकवानपुर । हेटौंडा उपमहानगर पालिका १० नम्बर वडास्थित हेटौंडा बसपार्कको २० फिटको राष्ट्रिय झण्डा फेरिएको छ । राष्ट्रिय प्रजातान्त्र दिवसको अवसरमा फागुन ७ गते राखिएको झण्डा हटाएर १६ फिटको झण्डा राखिएको हो । हेटौंडा १० निवासी दिनेश डङ्गोलले आफ्ना हजुरबुबा स्वर्गीय फत्ते नारायण डङ्गोल, हजुरआमा इन्द्रकुमारी डङ्गोल, पिता बालगोपाल डङ्गोलको स्मृतिमा झण्डा राख्न लगाएका हुन् । दशैँको फुलपातीको अवसर पारेर डङ्गोलकी ममतामयी माता लक्ष्मीदेवि डङ्गोलको हातबाट झण्डा फेरिएको दिनेश डङ्गोलले जानकारी दिए । झण्डा फेर्न नगर प्रहरीहरुले सहजीकरण गरेका थिए ।