२०८१ आश्विन ८, मंगलवार १२:२९ गते
२०८१ आश्विन ८, मंगलवार १२:२९ गते
मकवानपुर । हेटौँडाकी रोमिया भट्टराई लोकप्रिय डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन २’ को फाईनलमा पुगेकी छिन् । हेटौँडा उपहानगरपालिका वडा नम्बर ८ श्रमिक टोल निवासी रोमिया सिजन २ को उत्कृष्ट ६ अर्थात फाईनल राउण्डमा प्रवेश गरेकी हुन् । हेटौँडाका विभिन्न नृत्य प्रतियोगिताहरुमा समेत नाम कमाएकी रोमिया शोको कान्छी प्रतियोगी हुन् । उनी ११ वर्षकी भईन् । फाईनलमा पुगेसँगै उनलाई जिताउनका लागि हेटौँडामा अभियान समेत सुरु भएको छ । उनलाई इभेन्ट एण्ड भोटिङ प्लेटफर्म एवेन्टोज तथा ग्लोबल पे र इसेवाबाट भोट गर्न सकिन्छ । रोमियासँगै फाईनल भिडन्तमा अनिल सुनुवार, बबिता पोखरेल, जिके क्वीन्स, साजन गुरुङ र शुभम सिंह रहेका छन्…