२०८२ चैत्र २९, आईतवार ११:५१ गते
२०८२ चैत्र २९, आईतवार ११:५१ गते
हेटौँडा । मकवानपुरगढी–३ स्थित जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७औँ स्थापना दिवस विविध र आकर्षक कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ। सहकारीको वार्षिकोत्सवले सदस्यहरूबीच आपसी एकता, सहकार्य र संस्थाप्रतिको विश्वासलाई अझ सुदृढ बनाएको देखिएको छ। स्थापना दिवसको अवसरमा नृत्य तथा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिनुका साथै आर्थिक वर्ष २०८१/०८२ का उत्कृष्ट शेयर सदस्यहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो। नृत्य प्रतियोगितामा प्रयुक्ति सापकोटा प्रथम, जिज्ञासा चौलागाईं द्वितीय र जेनिसा श्रेष्ठ तृतीय स्थान हासिल गर्न सफल भए भने निबन्ध प्रतियोगितामा विमर्श अधिकारी प्रथम घोषित भए। सदस्य सम्मान कार्यक्रम अन्तर्गत मुख्य कार्यालयतर्फ आयुष सापकोटा (मकवानपुरगढी–४) र ईशा पौडेल (मकवानपुरगढी–३) उत्कृष्ट…