२०८१ असार २६, बुधबार ०८:१८ गते
२०८१ असार २६, बुधबार ०८:१८ गते
जी. न्यौपाने, मकवानपुर । प्याराग्लाइडिङ्ग तथा ह्याङग्लाइडिङ्ग बागमती प्रदेश संघको अध्यक्षमा मकवानपुरका रामकृष्ण शिवाकोटी चयन भएका छन् । हेटौंडाको रोयल प्यालेसमा भएको संघको प्रथम साधारण सभाले शिवाकोटीलाई अध्यक्ष पदमा चयन गरेको हो । सभाले सिन्धुलीका प्रमोद अधिकारीलाई उपाध्यक्ष, चितवनका सुदिप भट्टराईलाई सचिव, काठमाडौका डम्बर बहादुर थिङ्लाइ सहसचिव र मकवानपुरका दुर्गाप्रसाद तिमल्सिनालाई कोषाध्यक्ष पदमा चयन गरेको छ । त्यस्तै काठमाडौका बिरेन्द्र गुरुङ, रामेछापकी माया तामाङ, कृष्णबहादुर सुनुवार, मकवानपुरका दिनेश डङ्गोल र विशाल लामालाइ सदस्य पदमा चयन गरिएको छ । दुर्गाप्रसाद तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा खेलकुद विकास बोर्ड बागमती प्रदेशका कार्यालय प्रमुख सुर्यबहादुर दाहालको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा प्याराग्लाइडिङ तथा…