मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा भइरहेको उपनिर्वाचनमा अध्यक्ष पदका लागि ३८ प्रतिशतभन्दा धेरै मत खसेको छ । बिहानदेखि मध्यान्ह १२ को तथ्यांक अनुसार हेटौँडा १२ भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदानस्थलमा ३८ प्रतिशत मतदान भएको हो ।
मध्यान्ह १२ बजेसम्म ७ सय १ जना पुरुष र ७ सय ८ जना महिला मतदाता गरी जम्मा १ हजार ४ सय ९ जना मतदाताले मतदान गरेका छन् ।

त्यस्तै हेटौँडा १२ सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालयमा पनि धमाधम मतदान भइरहेको छ ।
भोर्लेमा ३६२५ र सिग्रेनीमा ४४२८ मतदाता रहेको र दुवै मतदान केन्द्रमा क्रमशः ४ र ५ गरी जम्मा ९ केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिकृया दिनुहोस्































